Online Bichar

Advertisment

SKIP THIS
‘भद्रगोल’का ‘जिग्री’ र ‘पाँडे’ले नयाँ टेलिश्रृङ्खला ल्याउँदै – Online Bichar

काठमाडौं,  २३  भदौ  ।  चर्चित हास्यश्रृखला ‘भद्रगोल’बाट बाहिरिएका कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ लगायतको टीम नयाँ टेलिश्रृखलाका साथ देखिने भएको छ ।

सो टिमले निर्माण गरेको नयाँ टेलिश्रृखला आउँदो असोज २ गतेदेखि नेपाल टेलिभिजनबाटै प्रसारणमा आउने भएको हो । टीमले एक साझा स्टिकर डिजाइन सामाजिक संजालबाट सार्वजनिक गर्दै नयाँ टेलिश्रृङ्खलाको बारेमा जानकारी दिएका हुन्।  टेलिश्रृङ्खलाको नाम भने अहिले गोप्य राखिएको छ । जेपिटी क्रियसन मार्फत निर्माण हुने श्रृङ्खलाको लेखन निर्देशन जिग्री र पाँडेकै रहनेछ । टेलिश्रृङ्खलाको नाम केही दिनमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने योजना उनीहरुको रहेको छ ।

भद्रगोलमा प्रस्तुत गर्दै आएको थिम र पात्रहरुको कथामै टेलिश्रृङ्खला निर्माण हुने अर्जुन घिमिरेले बताए । टेलिश्रृङ्खलाको अवको यात्रामा शंकर आचार्य ‘बरिष्ठे र सिपी पुडासैनी ‘धतुरे’ पनि देखिने भएका छन् । ‘भद्रगोल’को ट्रेडमार्क मिडिया हबसँग छ । उसले पुरानै भद्रगोलको नयाँ कलाकार लिएर निरन्तरता दिइसकेकोले यसका युनिटले अर्को निर्माण गर्नु परेको हो ।

टेलिश्रृङ्खला असोज २ गतेदेखि हरेक बिहीबार राती ८ः५०मा नेपाल टेलिभिजनबाट प्रसारण आउने बताइएको छ ।रातोपाटी

तपाईको प्रतिक्रिया

Comments