Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026
झापा, २३ भाद्र । झापाको गौरादह नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृतले प्रयोग गर्दै रहेको गाडीमा बम बिस्फोट गराइएको छ ।
बिस्फोटले बा. २ झ २५७० नम्मरको गौरादह नगरपालिकाको महेन्द्रा स्कोर्पियो गाडी पूर्ण क्षति पुगेको छ । आज राती करिब १२ः४५ को समयमा बिस्फोटको ठूलो आवज सुनिएको स्थानीयहरुले बताए ।
गौरादह वार्ड नं ३ धोबिनियामा प्रमुख प्रशाशकीय अधिकृत सागर मिश्र डेरा गरी बस्ने घरमो आँगनमा पार्किङ्ग गरि राखिएको ठाउमा सो बिस्फोट गराईएको हो । बिस्फटले कुनै मानबीय क्षती नभएपनि घरका झ्यालका सिसाहरु फुट्नुका साथै घरको केही भागहरु चर्किएको घरधनी इन्द्र कट्वालले बताए । मानवीय क्षती नपुगेता पनि ठूलो आवजको कम्पनले केहीबेर बेहोस जस्तो भएको र अहिले सम्म पनि आफ्नो कान थुनिनुका साथै मानसिक रुपमा घरका सबै सदस्यहरु बिक्षिप्त रहेको कट्वालले बताए ।
Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
प्रमुख प्रशासकीय अधिकृत सुत्ने कोठा भित्र
अधिकृत मिश्र सुत्ने कोठाको झ्यालका सिसा फुटेर कोठा भित्र समेत क्षती पुगेको छ । झुल टाँगेर सुतेको हुनाले सिसाका टुक्राहरुले आफूलाई चोटपटक भने नलागेको मिश्रले बताए । घटना स्थललाई प्रहरीले घेराहाली अनुसन्धान गरिरहेको बताईएको छ ।
Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
घरको माथिल्ले तलाको क्षती

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments