Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

झापा, फागुन २३ । स्वर्ण स्तम्भ निर्माण गर्न शिक्षक जीवन पुरीले आफू अध्यापनरत जनता माध्यमिक विद्यालय गौरादहलाई नगद २ लाख ५० हजार रुपयाँ सहयोग प्रदान गरेका छन् ।

बुधवार विद्यालयमा आयोजित एक कार्यक्रममा शिक्षक पुरीले विद्यालयका प्रधानाध्यापक बुद्धिमान कार्की तथा स्वर्ण महोत्सव आयोजक मूल समितिका संयोजक एवम् विद्यालय ब्यवस्थापन समिति अध्यक्ष श्याम पोखरेललाई संयुक्त रुपमा सो नगद हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा रकम हस्तान्तरण गर्दै शिक्षक पुरीले विद्यालय स्थापनाको ५० बर्ष झल्काउने स्वर्ण स्तम्भ निर्माण गर्ने अवसर प्रदान गरेकोमा स्वर्ण महोत्सव आयोजक विद्यालय परिवारलाई धन्यवाद दिए ।

सोही विद्यालयको भुपू विद्यार्थी समेत रहेका झापा गौरादह नगरपालिका २ माझगाउका स्थायी बासिन्दा शिक्षक जीवन पुरीले सो स्तम्भ निर्माण सम्पन्न गर्न आफ्ना दिवंगत बुबाआमा स्व.भक्तिप्रसाद पुरी र स्व.बिष्णुमाया पुरीको स्मृतिमा उक्त नगद प्रदान गरेका हुन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
निर्माणधिन स्वर्ण स्तम्भ

“जहाँ पढेउ त्यहीँ केहि गरौं “ भन्ने भावनाले स्वर्ण महोत्सवको अवसर पारेर विद्यालयको शैक्षिक तथा भौतिक समृद्धिको लागि सामुहिक एव ब्यक्तीगत रूपमा स्वतस्फुर्त सहयोग जुट्ने क्रम जारी रहेको विद्यालयका प्रधान्याध्यपक कार्कीले बताए ।
२०२४ सालमा स्थापना भएको हाल गौरादह नगरपालिका वार्ड नं १ मा अवस्थित यस विद्यालयले शैक्षिक शत्र २०७४ लाई बिबिध कार्यक्र गर्दै स्वर्ण बर्षको रुपमा मनाइरहेको छ । स्वर्ण महोत्सव समापन कार्यक्रम भने यसै बर्षको चैत २२,२३ र २४ मा तय भएको विद्यालयले बताएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments