Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

काठमाडौं,  २०  भदौ  ।  प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणपछि आज स्वेदश फर्किएका छन् । गत भदौ ५ गते सिंगापुरको नेसनल यूनिभर्सिटी अस्पतालमा शरीरमा देखिएको एन्टीबडीको मात्रालाई निराकरण गर्न प्रधानमन्त्री ओली त्यसतर्फ गएका थिए ।

प्रधानमन्त्रीका नीजि चिकित्सक डा.दिव्या सिंह शाहले आज एक विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेकी छिन् ।

डा.शाहले विज्ञप्तिमा जनाएअनुसार शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’ लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रकृया एनयुएचमा पुरा भएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अब उहाँले आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुनेछ ।’

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments