Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

धनगढी,  २०  भदौ  ।  कैलाली प्रहरीले २९ लाख अवैध रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २९ लाख अवैध रकमसहित प्रहरीले शुक्रबार कैलालीको त्रिनगर भन्सार नाकाबाट पक्राउ गरेको हो ।

यूपी ३१ एके ७३४८ नम्बरको कारबाट २५ लाख नेपाली र ३ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक अतुल बर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव परीक्षक दक्षकुमार वस्नेतले जानकारी दिए ।

विषेश सूचनाका आधारमा गाडीमा लुकाएको रकमसहित नियन्त्रणमा लिएको उनले बताए । पक्राउ परेका बर्मासँग ६वटा विभिन्न बैंकका एटिएम कार्डसमेत प्रहरीले बरामद गरेको छ । घटना शंकास्पद रहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments