काठमाडौं, २० भदौ । नेपाल राष्ट्र बैंकले एटिएमबाट पैसा झिक्ने सीमा घटाएको छ । आज एक सर्कुलर जारी गर्दै राष्ट्र बैंकले विद्युतिय माध्यमबाट गरिने कारोबार सीमा सम्बन्धी निर्देशनका केही बुँदालाई संशोधन गरी सीमा निर्धारण गरेको हो ।
सर्कुलरमा अब एटीएमबाट एक दिनमा ६० हजार रुपैयाँ र एक पटकमा २० हजार रुपैयाँमात्रै निकाल्न सकिने उल्लेख गरिएको छ । यसअघि एक दिनमा १ लाख रुपैयाँ र एक पटकमा २५ हजार रुपैयाँसम्म निकाल्न सकिन्थ्यो ।






