Online Bichar
बिहिबार, जेठ २८, २०८३ | Thursday, June 11, 2026

गौरादह,  १८  भदौ  ।  गौरादह नगरपालिका-५ स्थित स्कुलचौनमा आजदेखि  योग विज्ञान शिविर शुरु भएको छ । सुनगाभा युथ क्लब गौरादहको आयोजनामा १८ देखि २५ गते सम्म योग विज्ञान शिविर सञ्चालन हुने जनाईएको छ ।

“योग गरौं, निरोगी रहौं” भन्ने नाराका साथ सामुदायीक भवन स्कुलचौनमा शुरु भएको योग विज्ञान शिविरमा पतञ्जली योग समिति झापा जिल्ला सचिव निर्मल बास्तोला र पतञ्जली योग युवा समिति झापा जिल्ला सदस्य हरि कार्कीले खानपान, व्यायाम, विभिन्न आसनहरु, कपालभाँती र नसा सम्बन्धि विषयहरुमा सहभागीहरुलाई प्रशिक्षण दिनुभएको सुनगाभा युथ क्लबका अध्यक्ष तारा श्रेष्ठले जानकारी दिनुभयो ।

आज बिहान देखि शुरु भएको शिविरमा ४२ जनाले सहभागीता जनाएको श्रेष्ठले बताउनुभयो । २५ गते सम्म सञ्चालन हुने शिविर बिहान ४ बाट ६ बजे सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments