Online Bichar
शनिबार, बैशाख २९, २०८१ | Saturday, May 11, 2024

गौरादह,  १७  भदौ  ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन गौरादहको प्रथम नगर अधिवेसन सम्पन्न भएको छ ।जुरोपानी बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा सम्पन्न नगर स्तरीय भेलामा अर्गनाइजेसनका गौरादह नगर अध्यक्ष कार्यक्रमका सभापति भवानी पाठकले अर्गनाइजेसनको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कोषाध्यक्ष कुमार पौडेलले २लाख ९१ हजार ८सय ६६ आम्दानी र २लाख ९३ हजार १ सय ६६ खर्च रहेको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

अधिवेसनले नगरमा प्याब्सनको कार्यालय व्यवस्थापन , यातायातको साधनबाट हुने दुर्घटनालाई सहज बनाउन व्यवस्थापन कोष निर्माण, क्षमता अभिवृद्धिका लागि शिक्षक तालिम र समुदाय लक्षीत कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।अर्गनाइजेसनका जिल्ला अध्यक्ष एल पि उप्रेती प्रमुख अतिथि रहेका थिए ।

जिल्ला वरिष्ठ उपाध्यक्ष गौरी मान फागो र जिल्ला प्रागिक सल्लाहकार ध्रुव गौतम लगायतले शुभकामना मन्तब्य राखेका थिए ।नगर सचिब गंगा दुलालले कार्यक्रम संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया