इलाम, १७ भदौ । विषालु सर्पले डसेर इलामको सूर्योदय नगरपालिकाको लक्ष्मीपुरमा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ का टीका विसुङ्खे रहेकी छिन् ।
सोमबारराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झापाको चालआलीमा उनको मृत्यु भएको छिमेकी विष्णु भट्टराईले जानकारी दिए ।






