Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

काठ्माडौं,  १३  भदौ  ।  क्यान्सर रोगबाट पीडित पूर्व युवा तथा खेलकुदमन्त्री तथा राजपा नेपालका बरिष्ठ नेता गणेश नेपालीको ७६ वर्षको उमेरमा निधन भएको छ । नेता नेपाली महोत्तरीस्थित जलेश्वरमा रहेको निवासमा निधन भएको हो ।
पूर्व खेलकुदमन्त्री समेत रहेका नेता नेपालीले खेलकुद क्षेत्रको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. २ निवासी नेपाली लामो समयदेखि बिरामी भएर घरमै बस्दै आएका थिए । उनको भोली शनिवार जलेश्वरमा शव यात्रा गरेर अन्त्येष्टि गर्ने कार्यक्रम रहेको परिवारजनले जनाएको छ ।

विस १९९९ सालमा जन्मिएका नेपाली २०२७ सालमा नेपाली कांग्रेसमा आबद्ध भएर प्रजातान्त्रिक आन्दोलनमा होमिएका थिए । नेपाली काङ्ग्रेसबाट राजीनामा दिई तत्कालिन तमलोपा प्रवेश गरेका उनले आफ्नो पुस्तैनी थर तिवारीको ठाउँमा नेपाली भन्र र लेखन थालेका थिए । २०४४ सालमा नेपाली काँग्रेस महोत्तरीको जिल्ला सभापतिमा निर्वाचित उनी २०४६ सालको ऐतिहासिक जनआन्दोनलमा जिल्लाका मुख्य कमान्डर थिए ।

राजनीति यात्रासँगै उनी २०५२ सालमा तत्कालिन एमालेमा आबद्ध समेत भएका थिए । यद्यपि तत्कालीन नेकपा एमालेसँगको आबद्धता २०६४ सालमा तोडेर तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका नेपाली पहिलो संविधानसभाको निर्वाचनमा सभासदमा निर्वाचित भएपछि माधवकुमार नेपाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री बने। पछिल्लो समय उनी राजपा नेपालका वरिष्ठ नेता थिए ।रातोपाटी

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments