Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, फागुन २२ । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा.रामशरण महतले बाम गठबन्धनको सरकारले लिएको आर्थिक समृद्धि र दुई अंकको आर्थिक बृद्धिदरको नारालाई निरन्तर ओरालो लागेको नेप्से परिसूचकले व्यङ्ग्य गरेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्व अर्थमन्त्री महतले चुनाव परिणामपछि नेप्से परिसूचक २४० अंकले घटेको उल्लेख गरेका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

लगानी प्रवद्र्धनको लागि भाषणभन्दा विश्वासको वातावरण बढाउन ठोस कार्य र मैत्रीपूर्ण व्यवहार आवश्यक रहेको महतको भनाई छ।

पछिल्ला सातामा शेयरबजारमा उच्च गिरावट देखिएको छ । गएको दुई दिनमा मात्रै नेप्से परिसूचक करीब ५९ अंकले घटेको छ भने समग्र बजार पूँजीकरण ६७ अर्बले घटेको छ ।

शेयर बजारको तिब्र गिरवाटले लगानीकर्ताको मनोबल खस्किएको छ । तर सरकार र धितोपत्र बजारका नियमनकारी निकायहरु भने मौन रहेका छन् । मेरोलगानीबाट

तपाईको प्रतिक्रिया