Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

काठमाडौं,  १२  भदौ  ।  नेपाल मिडिया काउन्सिल विधेयक बिहीबार राष्ट्रिय सभामा पेश भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले राखेको विरोधको सूचना फिर्ता लिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले उक्त विधेयक पेश गरेका हुन् ।

मन्त्री बास्कोटाले विधेयक एउटा प्रस्ताव मात्र भएको भन्दै यसलाई समृद्ध बनाउन आउने सबै कुरालाई स्वागत गर्ने बताए ।
कांग्रेस सांसद राधेश्याम अधिकारीले विधेयकको प्रस्तावनामा नै मिडिया कान्सिललाई स्वायत्त निकाय स्वीकार नगरेको, पदाधिकारी नियुक्ति लगायतका विषयमा पनि स्वायत्त व्यवहार नगरिएको भन्दै विधेयक फिर्ता लिन माग गरेका थिए ।

तर सञ्चारमन्त्री बास्कोटाले यो विधेयक एउटा प्रस्तावमात्र भन्दै यसलाई समृद्ध बनाउन आउने सबै विषयलाई स्वागत गर्ने बताएपछि सांसद अधिकारीले विरोधको सूचना फिर्ता लिएका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments