विराटनगर, ११ भदौ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जनताको सुरक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।
प्रदेश सरकारको सहयोगमा मोरङको रतुवामाई नगरपालिका वडा नं. २ डोरियामा निर्माण गरिने सीमा प्रहरी चौकीको शिलान्यास गर्दै मन्त्री कार्कीले जनतालाई सुरक्षाको प्रत्याभूति दिन प्रदेश प्रहरी कार्यालय सहित ५१ वटा प्रहरी भवन निर्माण गर्न लागिएको जानकारी दिए ।
प्रदेश सरकारको करीब १ करोड ३९ लाख रुपैयाँमा निर्माण गरिने साढे दुई तले भवनमा व्यारेक हल, महिला र पुरुष बन्दी कोठा र शौचालय लगायत ११ वटा कोठा रहनेछ । एक वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो सीमा प्रहरी चौकी भवनको शहरी विकास तथा भवन कार्यालयको रेखदेखमा निर्माण गरिनेछ ।न्यूज२४






