Online Bichar
बिहिबार, जेठ २८, २०८३ | Thursday, June 11, 2026

काठमाडौं,  ९  भदौ  ।  पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सोमबार थुनछेक बहस सकिएको छ ।

पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको कसूरमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध दायर गरिएको मुद्दामा थुनछेक बहस सकिएको हो ।

जिल्ला अदालत, चितवनका न्यायाधीश हेमन्त रावलको इजलासमा बहस सकिएको अदालतका रजिष्टार रुद्रमणि गिरीले बताए । उनले आदेश आउन एक घन्टा जति लाग्ने बताएका छन् ।’

गत २० साउनमा चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा पत्रकार पुडासैनीको शव भेटिएको थियो । पुडासैनीको मोबाइलबाट मृत्युअघि खिचेको भिडियो सार्वजनिक भएपछि आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता भनिने रुकु कार्की पक्राउ परेका थिए ।अनलाइनखबर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments