Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

गौरादह,  ७  भदौ  ।  श्रीकृष्ण जन्माअष्टमि को अवसरमा गौरादहमा श्रीकृष्ण नगर स्तरिय रथ यात्रा निकालिएको छ ।गौरादहमा रहेको राधाकृष्ण मन्दिरले आयोजना गरेको रथयात्रामा हजारौ भक्तजनहरूको सहभागीता रहेको थियो ।रथयात्रा को प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गरे ।

गौरादह क्षेत्रमा रहेका धार्मिक संघ सस्था मठ मन्दिरमा आबद्व पदाधिकारिहरू कासाथै स्थानिय बासिहरूको सहभागिता रहेको रथयात्रा समितिका अध्यक्ष सुर्य प्रसाद गौतमले जानकारी दिनुभयो । रथयात्रा राधाकृष्ण मन्दिरबाट सुरू भई बजार हुँदै डिपुचोकबाट पेट्रोल पम्प हुदै बजार भएर पुनः राधाकृष्ण मन्दिरमा आइ विसर्जन भएको थियो । त्यसअवसरमा राधाकृष्ण मन्दिर परिसरमा मेला र मनोरञ्जनात्मक खेलहरु खेलाइएको छ ।

लायन्स क्लब अफ गौरादह, जागरुक युवा समूह, उपभोक्ता हित संरक्षण मन्च र गौरादह जेसिजले सन्युक्त रुपमा रथयात्रामा सहभागिहरुलाइ शुद्ध पिउने पानी वितरण गरेका थिए ।

त्यसैगरी गौरादहको डिठा चोकमा श्री कृष्ण जन्मास्टमिको अवसरमा मेला लगाइनुका साथै नरिवल खेल सहित विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइएको छ ।गौरादह ७ को ग्वालडुब्बा बजारमा पनि कृष्ण जन्मास्टमी भव्यताको साथ मनाइएको छ । ग्वालडुब्बामा नरिवल खेलका साथै विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइएको छ । त्यसैगरी गौरिगन्जमा कृष्ण जन्मास्टमिको अवसरमा रथयात्रा निकालिएको छ । रथयात्राले खजुरगाछी र गौरिगन्ज बजार परिक्रमा गरेको रथयात्रा समितिका अध्यक्ष मुकेश शाहले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments