Online Bichar
आइतबार, बैशाख ३०, २०८१ | Sunday, May 12, 2024

काठमाडौं,  ६  भदौ  ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेन्डरमा रजिष्ट्रेसन फाराम भरिसक्नुपर्ने मितिदेखि वार्षिक परीक्षा सञ्चालन गरेर नतिजा सार्वजनिक गर्ने समय समेत उल्लेख छ ।

बोर्डका अनुसार कक्षा ११ को रजिष्ट्रेसन ९दर्ता० फाराम असोज २६ गतेसम्ममा भरिसक्नुपर्नेछ । विद्यार्थीलाई रजिष्ट्रेसन फाराम भने भदौ महिनाभित्रमा वितरण गरिसक्नुपर्नेछ ।

११ र १२ दुवै कक्षामा पढ्ने विद्यार्थीहरुले पुष १५ गतेदेखि माघ १५ गतेसम्ममा वार्षिक परीक्षा फाराम भरिसक्नुपर्नेछ । विलम्ब शुल्क तिर्नेका लागि भने माघ २६ गतेसम्म फाराम भर्ने म्याद दिइने बोर्डले जनाएको छ ।

कक्षा ११ र १२ दुवैको परीक्षा २०७७ वैशाख र जेठ महिनाम सञ्चालन गर्ने बोर्डको तयारी छ । तर परीक्षा मिति भने पछि तोकिने पनि बोर्डले स्पष्ट पारेको छ । परीक्षा सम्पन्न गरेपछि कक्षा १२ को परीक्षाको नतिजा २०७७ साउनमा र कक्षा ११ को परीक्षा २०७७ असोजमा सार्वजनिक गर्ने बोर्डको तालिकामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया