Online Bichar
मंगलबार, बैशाख ०१, २०८३ | Tuesday, April 14, 2026

एजेन्सी  ।  केही समयअघि सामाजिक सञ्जालमा एक जना भारतीय महिलाको भिडिओ भाइरल भएको थियो। रेलवे स्टेसनको बेन्चमा बसेर गीत गाएकी ती महिलाको भिडिओ हेरेर तारिफ नगर्ने सायदै कोही थिए।

भारतको पश्चिम बंगालको रानाघाट स्टेसनमा ‘एक प्यारका नग्मा है’ गाउने महिला हुन् रानु मोन्डल। उनी यसरी गाएरै आफ्नो पेट पाल्दै आएकी थिइन्।

एक दिन उनको स्वर सामाजिक सञ्जालमा गुञ्जियो। मिठो स्वर भएकी उनलाई धेरैले चर्चित गायिका लता मंगेशकर ‘जस्तै’ भने। रानु आफैंले पनि लताबाट प्रेरित भएको बताएकी थिइन्। त्यसैले उनलाई ुरानाघाटकी लता मंगेशकरु पनि भन्न थालिएको छ।

उनको भिडिओ र स्वर दुवै हिट भएको केही दिनपछि उनको खोजी हुन थाल्यो। कसैले उनलाई भेट्यो र बाटामा बस्दै आएकी रानुको साफसफाइ र श्रृंगार भयो। उनको स्वरझैं सुन्दरता पनि निखारियो। सामाजिक सञ्जालले उनलाई खुबै शुभकामना दिए।

आफ्नो स्वरको जादूले रानुले धेरैको मन जितिसकेकी थिइन्। तर उनको कमाल यतिमै सीमित भएन। रानु टेलिभिजन कार्यक्रम ‘सुपरस्टार सिंगर’मा देखिइन्। कार्यक्रममा सहभागी केटाकेटी भेटिन्। यहीँ उनको जीवनमा नयाँ मोड दिने व्यक्ति पनि थिए– गायक तथा संगीतकार हिमेश रेशमिया।

कार्यक्रमको निर्णायकका रूपमा रहेका हिमेशले रानुको स्वर सुनेपछि आफू निकै प्रभावित भएको बताए। उनको स्वरको तारिफ गर्दै उनलाई ‘काम दिने’ बताएका थिए। र, हिमेशले आफ्नो बोली पूरा गरेका छन्।

हालै सार्वजनिक एक भिडिओमा रानु स्टुडियोमा गीत रेकर्ड गराउँदै गरेकी देखिन्छिन्। उनीसँग हिमेश पनि छन्। हिमेशले आफ्नो नयाँ फिल्म ‘ह्याप्पी हार्डी एन्ड हीर’का लागि रानुलाई गीत गाउने अवसर दिएका हुन्।

हिमेशले नै इन्स्टाग्राममा राखेको केही घन्टामै यो भिडिओ एक लाखभन्दा बढी हेरिएको थियो। हिमेशले रानुले गाउँदै गरेको भिडिओसँगै लेखेका छन्–हाम्रो सपना खोज्ने आँट र सकारात्मक आचरणले सपनाहरू अवश्य पूरा गराउँछन्।

हिमेशको यो पहल धेरैले सरहाना गरेका छन्। आशा गरौं रानुले आफ्नो मिठो स्वरकै कारण सहज जीन्दगी पाउनेछिन्। रानु आफ्ना श्रीमानको मृत्युपछि मुम्बईबाट रानाघाट आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments