Online Bichar
बिहिबार, भाद्र ०४, २०८३ | Thursday, August 20, 2026

काठमाडौं, फागुन २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकास लडाइँमा सबैलाई सहभागी हुन आग्रह गरेका छन् । मंगबार संसद्लाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

‘अबको लडाइँ भनेको सम्बृद्धि र विकासको हो यसमा सबै सहभागी हुन आग्रह गर्छु’ प्रचण्डले भने ‘तपाइँहरु सबै विकासको लडाइँ लड्न तयार हुनुहोस् ।’

०७२ बैशाख १२ गते गएको विनाशकारी भुकम्पको बेला आफुहरु प्रमुख प्रतिपक्षमा रहेपनि सरकारलाई सहयोग गरेको प्रचण्डले स्मरण गरे ।

संविधान संशोधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले दिएको प्रतिक्रियाले आफुहरु खुशी भएको आशय व्यक्त गरे ।

त्यसैगरि भष्ट्रचार नियन्त्रण गर्न सबैलाई आग्रह गरेका छन् । राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्ड गरिनुपर्ने उनले बताए ।

उनले वाम गठबन्धन धेरै दिन नरहने बताएका छन् । अब एउटै पार्टीमा रूपान्तरण हुन लागेको उनले बताए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments