Online Bichar
शुक्रबार, बैशाख ०४, २०८३ | Friday, April 17, 2026

झापा,  ६  भदौ  ।  झापाको बिर्तामोड–भद्रपुर सडकखण्डको निर्माणाधीन नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–१० की करिब ६७ वर्षीया सुमित्रा राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार बिर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत बिर्तामोड–३ सैनिक मोडमा खनिएको नालीको पानीमा डुबेर महिलाको मृत्यु भएको हो ।

महिला नालीमा कसरी डुबिन् भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । निर्माणाधीन सडकको छेउको नालीमा राईको शव तैरिरहेको देखेपछि स्थानीयले शुक्रवार बिहान प्रहरीलाई खबर गरेका थिए ।

सडक ठेकेदारको लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै स्थानीयले विरोध जनाउँदै उक्त सडकखण्ड केहीबेर बन्द गराएका थिए ।न्युज२४

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments