Online Bichar
मंगलबार, बैशाख ०१, २०८३ | Tuesday, April 14, 2026

झापा,  ५  साउन  ।  झापाको कन्काई नदीले बगाएर बिहीबार दिउँसो एक जना बेपत्ता भएका छन्।

नदीमा नुहाउन पसेका स्थानीय शिवसताक्षी नगरपालिका वडा नम्बर १० का कान्छा भनिने साहेव सतारलाई कन्काई नदीले बगाएको हो।

दिउँसो साढे १ बजेतिर नदीमा नुहाउन पसेका सतारलाई नदीले बगाएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।

कन्काई पुल दक्षिणतिर नुहाउँदै गरेका एक युवकलाई खोलाले बगाएको शव जलाउँदै गरेका मलामीले देखे पनि नदीमा पानीको सतह धरै भएकाले उद्धार गर्न नसकिएको प्रत्यक्षदर्शीले बताए।

बेपत्ता भएका सतारको खोजी कार्य जारी छ। ईलाका प्रहरी कार्यालय झिलझिले, शिवगञ्ज,स्थानीयवासी लगायतले बेपत्ता भएका सतारको खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments