Online Bichar
मंगलबार, बैशाख ०१, २०८३ | Tuesday, April 14, 2026

झापा,  ५  भदौ  ।  बिजुलीको करेन्ट लागेर झापामा बुधवार बेलुका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ८ स्थित दाहाल चोक बस्ने ६१ वर्षीय हर्कबहादुर दर्जी रहेको प्रहरी कार्यालय कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

रहरीका अनुसार आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा दर्जीलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिर्ता सिटी अस्पताल बिर्तामोड मृत्यु भएको हो। यता इलाका प्रहरी कार्यालय बिर्तामोडले उनको शवको कानुनी प्रक्रिया गरी पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाएको जनाइएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments