Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

 विमल लामिछाने                 Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

झापा÷ ‘सामन्तलाई नगिँडे सैनिकसँग नभिडे, आउँदैन जनबाद झोली थापेर’ झापा बिद्रोहमा यहि गीत गाउदै क्रान्तिकारी कम्युनिष्ट योद्धाहरुले जनतालाई सामन्ती राज्यसत्ता बिरुद्ध गरिव किसानहरुलाई गोलबद्ध गरेको थियो ।

संघर्षका प्रणेताहरुद्वरा रचित क्रान्तिकारी गीतको यो एक अंश अहिले पनि उत्तिकै चर्चामा छ । त्यो बेला अत्यन्त लोकप्रिय मात्र थिएन, सशस्त्र संघर्ष किन र को सँग गरिदैछ भन्ने कुराको सन्देश पनि थियो ।

यो अभियानका लिडरहरु जसको सामुहिक हत्या भयो । यी नै नेत्र घिमिरे, रामनाथ दाहाल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेल आदिको नेतृत्व र पहलमा झापाका भूमिहीन तथा गरिब किसानलाई सचेत र संगठित गरियो । स्थानीय शासन र शोषण गर्ने बदमास,जालिफटाहा र जमिन्दारहरुलाई खत्तम गर्ने योजना रहेको पर्चा छरियो ।

क्रान्तिकारीहरुले एक एरिया, एक यूनिट, एक एक्सनको नीति अनुसार २०२८ सालमा लडाकु दस्त तयार गरे । र पार्टीले छनोट गरेका जमिन्दारमाथि भरुवा बन्दूक, भाला, खुकुरी लगायतका घरेलु हतियारद्वारा आक्रमण सुरु गरे । क्रान्तिकारीको आक्रमण सुरु भएपछि जमिन्दार सुरक्षाको माग गर्दै पंचायती साशकलाई गुहार्न पुगे । संघर्षको लक्ष्य एवम् उद्देश्य सामन्ती राज्यसत्ता ध्वंस गरी जनवादी राज्यसत्ता स्थापना गर्ने थियो ।

आक्रमणको निशाना निर्दिष्ट थियो, तरिका र रुपबारे आन्दोलनकारीहरु स्पष्ट थिए । अगुवाई आफूले गरे पनि आधारभूत रुपमा जमिन्दारद्वारा सबैभन्दा उत्पीडित जनसमुदाय राजनीतिले सचेत बनेर संघर्षमा होमिएका थिए ।

झापा बिद्रोहमा मुलत किसानवर्ग संगठित भई सामन्तका बिरुद्ध हतियार उठाएकाले यसलाई किसान बिद्रोह पनि भन्ने गरिन्छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी पूर्व कोशी प्रान्तीय कमिटी सँग झापा जिल्ला कमिटीले आधारभूत मतभिन्नता राख्दै अलग भएपछि ‘वगृसत्रु खत्तम अभियान’ नीतिका साथ अघि बढेको हो ।

नेपालको कम्युनिष्ट आन्दोलनमा झापा बिद्रोह योजनाबद्ध रुपले सञ्चालन गरिएको यो पहिलो सशस्त्र संघर्ष थियो । सामन्ती राज्यसत्तालाई ध्वस्त गरी जनवादी राज्यसत्ता स्थापना गर्ने लक्षकासाथ सुरु भएको झापा बिद्रोहले पंचायती व्यवस्थालाई हल्लाइदिएको थियो ।

निरंकुश राज्य सत्ताको विरुद्ध हतियार उठाएर गरिएको २०२८ सालको झापा संघर्ष अत्यन्त चर्चित रहेको छ । भारतको नक्सलवादी आन्दोलनको प्रभावले झापाली क्रान्तिकारीमा प्रभाव परेपछि २०२७ सालको अन्त्यतिर झापा विद्रोहको तयारी भएको थियो । झापा बिद्रोहको उद्देश्य सशस्त्र विद्रोहबाट सामन्त राज्यसत्ता ध्वस्त गरी जनवादी राज्यसत्ता स्थापना गर्नु रहेको थियो ।

झापा सशस्त्र संघर्षको थालनी २०२८ साल जेठ २ गते स्थानीय एक जमिन्दारमाथि योजनाबद्ध आक्रमणबाट भएको थियो । र क्रमैसँग केही जमिन्दार मारिएको कुरा योद्धा सानो दुर्गा अधिकारी बताउँछन् ।

२०२८ सालको पुस ११ गते शनिश्चरेका स्थानीय धर्मप्रसाद ढकाल माथिको आक्रमण सशस्त्र संघर्षको उत्कर्षको घटना थियो । त्यही घटनापछि झापाले राष्ट्रको ध्यान तान्यो र निरंकुश पञ्चायती व्यवस्था सशस्त्र संघर्षलाई नियन्त्रण गर्ने निहुँमा व्यापक दमन र धडपकडमा गर्न थाल्यो ।

कम्युनिष्ट क्रान्तिकारीलाई सखाप बनाउने नाममा सयौँ मानिस पक्राउ गरियो । उनीहरुलाई अमानवीय यातनाका शिकार भए । पक्राउ गरिएका मध्ये ५ जना युवालाई झापाबाट इलाम जेल सार्ने र लैजाने निहुुँमा झापा र इलाम सीमास्थल सुखानीको जंगलमा २०२९ सालको फागुन २१ गते गोली हानी सामुहिक हत्या गरियो ।

निरंकुश पंचायती ब्वयवस्थाले क्रान्तिकारी अगुवा रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन राजबंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेललाई गोली हानी बर्बरतापूर्वक हत्या गर्याे । त्यसपछि नै बिखण्डित रहेको कम्युनिष्ट आन्दोलनमा एकीकरणको नयाँ चरण प्रारम्भ भएको त्यस आन्दोलनका योद्धा हर्क खड्का बताउँछन् ।

झापा बिद्रोहमा मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, सी.पी. मैनाली, जीवन मगर, नारद वाग्ले, प्रदिप नेपाल, सीता खड्का, मोहन उप्रेती, भिष्म धिमाल, नरेश खरेल, धर्म घिमिरे, दधिराम उप्रेती, हर्क खड्का, सानो दुर्गा अधिकारी, ठूलो दुर्गा अधिकारी, रुद्र सुवेदी, टंक चौधरी, गुलाम राजबंशी, खड्क थापा, भीम कुँवर, श्रीराम गिरी, दिलबहादुर खड्का, रीता खड्का, नारायण उप्रेती, मनकुमार गौतम, मनकुमार तामाङ, खड्ग दाहाल, बीरबहादुर श्रेष्ठ, डम्बरबहादुर बानिया, रामचन्द्र उप्रेती, वीरवहादुर मगर, मातृका पाठक, बलवहादुर खड्का, कृष्णवहादुर खड्का, बलवहादुर सुवेदी, धनेन्द्र बस्नेत, गौरा प्रसाई, अमर अधिकारी लगायतका क्रान्तिकारी संलग्न रहेका थिए ।

झापा बिद्रोहलाई सहयोग गर्न भाकपा (माले)बाट भोगेन राजबंशी र राजेन राजबंशी आएका थिए । राजेन राजनंशी नख्खु जेल ब्रेक पछि भारत फर्किए भने भोगेन राजबंशी १७ वर्षको जेल जीवन बिताएर २०४६ साल पुस २९ गते छुटेपछि भारत तर्फ लागेको योद्धाहरु बताउँछन् ।

झापा बिद्रोह नेपालको कम्युनिष्ट आन्दोलनमा देखा परेको दक्षिणपन्थी संशोधनवादका बिरुद्ध थियो । चीनको साँस्कृतिक क्रान्ति र भारतको नक्सलवादी आन्दोलनबाट प्रभावित भई चारुको लाइन, माकर्सवाद, लेनिनवाद र माओ बिचारबाट प्रभावित थियो । तर क्रन्तिकारी भावनाले ओतप्रोत भई सुरु गरिएको भएपनि योजनाबद्ध बिद्रोह थिएन ।

यद्धपी यसले नेपालको कम्युनिष्ट आन्दोलनलाई मार्ग निर्देश गरेको थियो । झापा बिद्रोहले नेपालको वैचारिक आन्दोनमा नयाँ आधार र जग खडा गरेका भने अवश्य हो । अहिलेपनि झापा विद्रोहले स्थापित दर्जनौ नेताहरु राज्य र केन्द्रीय सरकारको नेतृत्व गरिरहेका छन् । हालका प्रधानमन्त्री केपी शर्मा आलीपनि झापा विद्रोहले स्थापित नेतृत्व हुन् ।

सन्दर्भ ः सुखानी हत्याकाण्ड र सहिद दिवश

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments