काठमाडौं, ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आइपुगेका भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । बुधबार (आज) मात्रै नेपाल आएका विदेशमन्त्री जयशंकर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।
जयशंकरले विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने कार्यक्रम रहेको छ । नेपाल–भारत संयुक्त आयोगको बैठक बुधबार (आज) र विहीबार (भोली) हुनेछ । बैठकमा नेपाल र भारतबीचका विभिन्न विषयमा छलफल गरिने भएको छ ।






