Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

दाङ,  ४  भदौ  ।  दाङमा एक बैंक म्यानेजर १८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ गरेका छन्। बैंकका म्यानेजर घोराही-१५ भरतपुर निवासी समिर बुढाथोकीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।उनी घोराही उपमहानगरपालिका-१० नारायणपुरमा रहेको देवः विकास बैंक लिमिटेडका नारायणपुर शाखाका म्यानेजर हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमका अनुसार बैंक म्यानेजर बुढाथोकीले १७ करोड ९९ लाख ९० हजार रुपैयाँ हिनामिना गरेको देखिएको छ। यसअघि दाङमा केन्द्रीय कार्यालय रहेको बेष्टर्न डेभलपमेन्ट बैंक केहि महिना अघि एक भएर देवः विकास बैंक बनेको थियो । उनी वेस्टर्न विकास बैंक मर्ज भएसँगै देवः विकास बैंकमा समाहित भएका थिए। वेष्टर्न विकास बैंकमै कार्यरत भएका बेला बुढाथोकीले नक्‍कली ऋणी बनाएर रकम निकासा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

नक्‍कली ऋणि बनाएर बैंकबाट रकम निकासा गरेको आंकलन गरिएको छ, प्रहरी निरीक्षक गौतमले भने, अन्य कुरा खुल्दै छ। गौतमले १८ करोड रकम हिनामिनामा बुढाथोकी एक्लैको मात्रै हात नरहेको आशंका गर्दै बैंकका सञ्चालक तथा थप कर्मचारीमाथि पनि निगरानी बढाइएको बताए।

प्रहरीले उनलाई मंगलबार राति लमहीबाट पक्राउ गरेको जनाएको छ। बुढाथोकीविरुद्ध मुद्धा दर्दा गरी अनुसन्धान थालिएको दाङका प्रहरी गौतमेले जनाए। यस सम्बन्धीका मुद्धा बाणिज्य इजलासले हेर्ने व्यवस्था छ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments