Online Bichar
शुक्रबार, बैशाख १८, २०८३ | Friday, May 1, 2026

काठमाडौं,  ३  भदौ  ।  तपाईसँग थोरै जमिन छ। अथवा जमिन नभएर वरण्डा, छत तथा कौसीमा खेती गरिरहनु भएको छ। थोरै जमिनमा धेरै उत्पादन गर्न सकिन्छ। अर्थात् अहिले तपाइले लिइरहेको उब्जनीभन्दा धेरै हुनसक्छ।

तर कसरीर?

यसका लागि एकै ठाउँमा मिश्रित बाली लगाउन सकिन्छ। यसका लागि कुन बालीसँग कुन बाली लगाउने भनेर थाहा पाउनुपर्छ। यो कुरा नजिकै रहेको कृषि सेवा केन्द्र तथा बाली विज्ञबाट थाहा पाउन सकिन्छ।

विज्ञहरुले माटोको अवस्था, तापक्रम, चिस्यानका आधारमा बाली मिश्रण गर्न सकिने बताउछन्।

यसरी मिश्रित खेती व्यवसायीक वा घरायसी प्रायोजनका लागि गर्न सकिन्छ।

बिरूवालाई पुग्ने खाद्य तत्व पुर्‍याउन सकिएको खण्डमा मकै र बोडी, आलु र सिमी, मकै र भटमास, काउली र बन्दा, गोल्भेंडा,खुसार्नी र रायो, चम्सुर, धनियाँ, लसुन, पालुङ्गो, सुप लगायत सागका जातहरू एकै ठाउँमा छर्न सकिन्छ।

यदी तपाइँले गमलामा वा जमिनमा लहरे जातका तरकारी लगाउनु भएको छ भने त्यसलाई थाँक्रो दिन बिर्सनु हुँदैन। यसरी एकै ठाउँमा तरकारी लगाउँदा एकै मौसममा धेरै प्रकारका तरकारी खान सक्छौ।

एकलबाली खेती भन्दा मिश्रित बाली जमिनको सदुपयोग हुनुका साथै परिवारलाई सन्तुलित आहार पनि पुर्‍याउछ।

यदि व्यवसायीक प्रयोजनका लागि लगाउँदा थोरै ठाउँमा धेरै आम्दानी लिन सकिन्छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments