Online Bichar
शनिबार, बैशाख १९, २०८३ | Saturday, May 2, 2026

काठमाडौं,  ३  भदौ  ।  राष्ट्रिय योजना आयोग भवनमा एक कर्मचारी मृत भेटिएका छन्। आयोगमा कार्यरत नायब सुब्बाका करिब ५० वर्षीय बच्चुराम केसी मृत भेटिएका हुन्।

केसी आयोग कार्यालयमा रहेको अनुगमन तथा मूयांकन महाशाखाको सभाहलमा मृत भेटिएका प्रहरीले जनाएको छ। उनी सभाहलमा ढलिरहेको अवस्थामा देखेपछि बिहान पौने १० बजे आयोगकै कर्मचारीले प्रहरीलाई खबर गरेका थिए।

अहिले शव भेटिएको आयोग परिसर सिल गरिएको छ। राष्ट्रिय योजना आयोग मन्त्रालय तथा अन्य महत्वपूर्ण सरकारी कार्यालयहरू रहेको सिंहदरबारभित्र छ।

मृतक केसीको शव भेटिएको स्थानमै सेल्फस नामक विषादीको बट्टा पनि भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवता डीएसपी होबिन्द्र बोगटीले बताए। फरेन्सिक चिकित्सक ल्याएर घटनाको थप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments