Online Bichar
शनिबार, जेठ ०५, २०८१ | Saturday, May 18, 2024

विराटनगर,  १  भदौ  ।  १ नम्बर प्रदेशका बिभिन्न जिल्लाहरुमा २४ घण्टामा पानीमा डुबेर ४ जनाको ज्यान गएको छ । मोरङको रतुवामाई नगरपालिका ७ सिजुवाका शिव मुखियाको १० वर्षिय छोरा आकाश मुखियाको खोलामा डुबेर ज्यान गएको हो । घरबाट शनिबार बिहान हिडेका आकाश साँझसम्म नफर्किए पछि आकाशका परिवारले ईलाका प्रहरी कार्यालय सिजुवामा खबर गरेका थिए । प्रहरीले उनलाई राती रतुवा खोलाको मृत फेला पारेको हो ।

त्यस्तै झापाको बिर्तामोड नगरपालिका ३ बिराट पोखर बस्ने रोशन बेसराको २ बर्षिय छोरा अजित बेसरा खेल्ने क्रममा घर नजिकै रहेको अदुवा खोलामा डुबेर मृत्यु भएको छ ।

यता सुनसरीको ईटहरी उप–महानगरपालिका ६ का ४० बर्षिय मोहन भट्टराईको खेती खोलामा डुबेर ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । खोलामा गएका भट्टाराईलाई केही समय पश्चात डुबिरहेको अबस्थामा स्थानीयले भेटेका थिए ।

सुनसरीकै रामधुनी नगरपालिकामा एकजनाको पोखरीमा डुबेर ज्यान गएको छ । रामधुनि नगरपालिका ६ ईचोल बस्ने बर्ष ५० का सरिलाल राजधामीको घर नजिकै रहेको पोखरीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।आवर बिराटनगर

तपाईको प्रतिक्रिया