Online Bichar
शुक्रबार, बैशाख ०४, २०८३ | Friday, April 17, 2026
गौरादह, ३२ साउन । गौरादह साहित्य समाजले गाईजात्रा विशेष हास्य व्यङ्ग्य साँझ कार्यक्रम सम्पन्न गरेको छ । सुक्रबार साँझ गौरादह बजारमा आयोजना गरिएको हास्य व्यङ्ग्य कविता वाचन कार्यक्रममा दर्जन बढी श्रष्टाहरुले मञ्च तताएका थिए ।
कार्यक्रममा साहित्य समाजका अध्यक्ष खगेन्द्र नेउपाने तथा सहसचिव नैन दहालको बिशेष प्रस्तुती रहेको थियो । गौरादह बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख द्वय भोजराज दाहाल र गोपालप्रसाद काफ्ले, श्रष्टाहरु लक्ष्मि कोइराला, तिलक खनाल, प्रभुनाथ गौतम, भिममाया उप्रेती खबास, मोहनकृष्ण घिमिरे, यादब अधिकारी, मणी नेपाल, खेम तिम्सिना, देबेन्द्र खड्का, तारानाथ दाहाल, प्रदिप धमला, रुपेश सिवा तथा बाल कलाकार सबिन कार्की लगाएतले कविता, गीत, गजल, मुक्तक तथा अभिनय मार्फत कार्यक्रमलाई पूर्ण मनोरञ्जनात्मक बनाएको आयोजक समितिका सदस्य लक्ष्मि कोइरालाले बताए ।
कार्यक्रममा नबोदित देखि स्थापित कवि कलाकारहरु सबैको प्रस्तुतीले सामाजिक तथा राजनीतिक बिकृती बिसंगतीको बिरुद्ध तिखो प्राहार गरेको कार्यक्रमका दर्शक खगेन्द्र ढुंगानाले बताए ।
गौरादहका जनप्रतिनिधि, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक प्रध्यापक, सुरक्षा कर्मी तथा स्थानीयबासिन्दाहरुको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रम गौरादह साहित्य समाजका उपाध्यक्ष विजय क्षेत्रीको सभापतित्व र समाजका सचिव डण्डिराज घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments