Online Bichar
शनिबार, जेठ ०५, २०८१ | Saturday, May 18, 2024

गौरादह,  ३२  साउन  ।  गौरादह नगरपालिका वार्ड नं. ७ मा रहेको ग्वाल्डुब्बा युवा समुहले बजार क्षेत्रमा वृक्षारोपण गरेको छ ।  समुहले ग्वालडुब्बाको नयाँ तथा पुरानो बजारमा वृक्षारोपण गरेको हो ।

समुहले बजार क्षेत्रको वातावरण सरसफाई र हराभारा बनाउने उद्देश्यले ३५ वटा धुपी, ५ वटा एक्समाक्स ट्री, ७ वटा स्वामी, १० वटा असोक र ५ वटा फुलका विरुवा रोपेको छ । कार्यक्रमकी प्रमुख अतिथि गौरादह नगरपालिकाकी उपमेयर गीता भेटवालले कार्यक्रमको उद्घाटन गर्दै वातावरण सरसफाईका लागि वृक्षारोपण गरिएकोमा युवा समुहलाई धन्यवाद ज्ञापन गरिन् । उनले युवाहरुलाई सही ढंगले प्ररिचालन गर्न सके मुलुकको दीगो विकास सम्भव रहेको बताइन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

युवा समुहका अध्यक्ष भोला चक्रवर्तीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । नमुना अंग्रेजी माविका प्रधानाध्यापक ध्रुव गौतम, समाजसेवी अरुण साह, सुर्यभत्त सिटौला, गुवालडुब्बा व्यवस्थापन समिति अध्यक्ष राजकुमार अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
दिवस निरौलाले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव होम उप्रेतीले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया