Online Bichar
मंगलबार, बैशाख ०१, २०८३ | Tuesday, April 14, 2026

काठमाडौं,  ३०  साउन  ।  वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनमा प्रधानमन्त्री लगायत नेताहरुले दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साधन, प्राच्य साहित्य दर्शनका ज्ञाता मदनमणि दीक्षितको निधनको खबरले मर्माहत भएको उल्लेख गरेका छन् । ट्वीट गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘नेपाली वाङ्मय क्षेत्रले उहाँको योगदानलाई सदा स्मरण गर्नेछ ।’

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले पनि साहित्यकार दीक्षितको निधनमा दुःख प्रकट गरेका छन् । ट्वीट गर्दै उनले भनेका छन्, ‘नेपाली वाङ्मय क्षेत्रले उहाँको योगदानलाई सदा स्मरण गर्नेछ ।’

राप्रपा अध्यक्ष कमल थापाले वरिष्ठ पत्रकाररसाहित्यकार दीक्षितको निधनको समाचार सुन्दा अत्यन्त दुःख लागेको जनाएका छन् । ट्वीट गर्दै उनले भनेका छन्, ‘उहाँ इमानदार, राष्ट्रभक्त र स्वाभिमानी पत्रकार हुनुहुन्थ्यो । नेपाली वाङ्मयको श्रीवृद्धिमा स्व। दीक्षितको ठूलो योगदान छ ।’

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले पनि दीक्षितको निधनमा दुःख प्रकट गरेका छन् । ‘आफ्नो अथक सिर्जनशील जीवन, आफ्ना कृति, पत्रकारिता र साहित्यमा अमर योगदानबाट उहाँले देशलाई ठूलो गुन लगाउनु भएको छ,’ ट्वीट गर्दै उनले भनेका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments