Online Bichar
मंगलबार, बैशाख ०८, २०८३ | Tuesday, April 21, 2026

विर्तामोड,  ३०  साउन  ।  झापामा १३ वर्षीय बालिकाले बलात्कार गर्न खोज्ने युवकलाई खुकुरी प्रहार गरेकी छिन्। झापाको बुद्धशान्ति गाउँपालिकाकी १३ वर्षीय बालिकालाई बलात्कार गर्ने क्रममा उनले खुकुरी प्रहार गरेकी हुन् ।

धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङले बालिकालाई बारम्बार धम्कि दिएर बलात्कार गर्दै आएका थिए । तर घटनापछि यसको रहस्य खुलेको थियो । घटना खुलेपछि स्थानीय युवाले गुरुङलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।

दिउँसो कोही नभएका मौका छोपेर घरमा आएर धम्की दिंदै बलात्कार गर्ने गरेको पीडित बालिकाको भनाइ छ । गुरुङले बलात्कारका विषयमा कसैलाई सुनाए बाबुलाई मारिदिने र विदेशमा रहेकी आमाको शव बाकसमा ल्याइदिने भन्दै धम्की दिने गरेको पीडित बालिकाको भनाइ छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments