Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

झापा,  २८  साउन  ।  झापाको बिर्तामोड-४ मा निर्माणाधिन एक होटलमा आज (मंगलबार) बिहान शव फेला परेको छ। शव बिर्तामोड-७ का ४७ वर्षीय शशि शिवाकोटीको द्वारिका होटलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रहरीका अनुसार शिवाकोटीको दाहिने गालाको भागमा चोट छ भने आँखामा रगतको टाटा बसेको छ। शरीरको विभिन्न भागमा निलडाम देखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनी २ दिनदेखि होटलमा गार्डको रुपमा काम गर्दै आएका थिए। मृतक शिवाकोटी कनकाई सेक्युरिटी सर्भिसबाट त्यहाँ काम गर्न गएका हुन्।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments