Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

भद्रपुर,  २८  साउन  ।  झापा जिल्ला अदालतमा गत वर्षभन्दा यो वर्ष मुद्दा फैसला २ दशमलव १५ प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्ष ०७४/७५ मा ५९ दशमलव ६६ प्रतिशत मुद्दा फैसला भएको थियो भने आर्थिक वर्ष ०७५/७६ मा २ दशमलव १५ प्रतिशतले घटेर ५७ दशमलव ५१ प्रतिशत रहेको जिल्ला अदालतले जनाएको छ ।

अदालतमा ६ वटा इजलास रहेका छन् । गत आर्थिक वर्ष ०७४/७५ मा जिम्मेबारी सरेर आएका १७ सय ८६ र आर्थिक वर्ष ०७५/७६ मा दर्ता भएका २८ सय ७९ गरी ४६ सय ६५ ओटा मुद्दा परेका थिए । अदालतमा ६ जना न्यायधीशमध्ये एकजना सर्वोच्चमा कार्यरत रहेका छन् । अदालतमा परेका मुद्दामा कार्यरत न्यायधीशहरुलाइ मुद्दाको भागबण्डा लगाइएको थियो । जसअन्र्तगत खिलानाथ रेग्मी १४ सय १८,उद्धव प्रसाद भट्टराइ १६ सय ३३,शान्ती प्रसाद आचार्य १६ सय ३८, प्रमेश पोखरेल १३ सय ३२ र सन्तोष प्रसाद पराजुलीलाइ १३ सय २७ ओटा मुद्दाको जिम्मेवारी दिइएको थियो ।

न्यायधीश विश्वनाथ भट्टराइ भने कार्यविभाजनमा परेनन । जिम्मेवारी पश्चात गरिएको मुद्दा फर्छोटमा क्रमश रेग्मीले ५ सय १२, भट्टराइले ६ सय ४२,आचार्यले ६ सय २१,पोखरेलले ४ सय ६६ र पराजुलीले ४ सय ४२ ओटा मुद्दा फर्छोट गरेका थिए । एक आर्थिक वर्षमा २६ सय ८३ ओटा मुद्दा फैसला गरी चालु आर्थिक वर्ष ०७६/७७ मा १९ सय ८२ ओटा जिम्मेबारी सरेर आएको अदालतका स्रेस्तेदार दुर्गाप्रसाद खनालले बताउँनुभयो । ६ जना न्यायधीशले गर्ने काम ५ जनाले गर्नुपर्दा गत वर्ष भन्दा यो वर्ष केही प्रतिशतले मुद्दा फैसला कम भएको स्रेस्तेदार खनालको भनाइ छ ।

यहाँ दरबन्दी भएपनि केही महिना काम गरेर हाल सर्वोच्चमा कार्यरत न्यायधीश विश्वनाथ भट्टराइ नभएका कारण प्रतिशत कम भएको उहाँले जानकारी दिनुभयो ।नेपाल समाचारपत्र

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments