Online Bichar
बुधबार, बैशाख १६, २०८३ | Wednesday, April 29, 2026

विराटनगर,  २७  साउन  ।  घरमा विद्युत जडान गर्दा करेन्ट लागेर मोरङको ग्रामथान गाउँपालिका(७ नेता चोकका ३५ वर्षीय उमालाल पाँचकोटीको मृत्यु भएको छ।

आफ्नै घरमा विद्युतको तार जोड्ने क्रममा आइतबार राति ९ बजेतिर अचानक करेन्ट लागेर उनी घाइते भएका थिए। गम्भीर घाइते पाँचकोटीको उपचारका क्रममा राति १० बजे नोबेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए।

उनले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments