Online Bichar
शुक्रबार, बैशाख ०४, २०८३ | Friday, April 17, 2026

काठमाडौं,  २७  साउन  ।  भ्रष्टाचार आरोप लागेका एक जना मालपोत कर्मचारीले आत्महत्या गरेका छन् । त्रियुगा नगरपालिका १० का ५५ वर्षीय पूर्वनायव सुब्बा हरिप्रसाद आर्चायले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा धाइरहेका थिए । आफू निर्दोष भएपनि भ्रष्टाचारको आरोप लागेको बताउदै दुई पाना लामो सुसाईडनोट लेख्दै आचार्यले आत्महत्या गरेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका ९ स्थित रातामाटेको जंगलमा उनले झुन्डिएर आत्महत्या गरेका छन् । झापाबाट मालपोत कार्यालय काठमाडौं कलंकी हुँदै उनी कर्मचारी समायोजनका क्रममा उदयपुरको त्रियुगा नगरपालिका पुगेका थिए । उनले नोटमा अख्तियार प्रमुख नवीनकुमार घिमिरेको आयु दुई सय वर्ष होस भन्दै आफुले अहिलेसम्म भ्रष्टाचार नगरेको बताएको प्रहरीले जनाएको छ । आफूले गर्दै नगरेको आरोप लाग्दा आत्महत्याको बाटो रोजेको आचार्यले नोटमा लेखेका छन् ।

आचार्यले नोटमा लेखेका छन् , ‘म कसैको दुई रुपैयाँसमेत नखाने चोखो मान्छेलाई भ्रष्टाचारी बनाउन खोजियो। अहिलेसम्म कसैको एक पैसा हिनामिना गरेको छैन, भ्रष्टाचार गर्ने कुरा त परै जाओस्। मलाई भ्रष्टाचारी देख्ने अख्तियार प्रमुख नवीनकुमार घिमिरेज्यू, २ सय वर्ष बाँच्नुस्, शुभकामना ,’ ।

उदयपुर पुगेका उनी एक्कासी सम्पर्क विहिन भएपछि खोजीकार्य गर्ने क्रममा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

गत जेठमा ९२ रोपनी सरकारी जग्गा कीर्ते गरी हाउजिङका नाममा नामसारी गरेको आरोपमा नायब सुब्बा आचार्यसहित कलंकी मालपोतका अधिकृत शिवप्रसाद रिमाल, नक्कली जग्गाधनी मीनाकुमारी थापा, सुयल हाउजिङका सञ्चालक रामकुमार सुयल थापा, मीनाकुमारी थापाका वारेश दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम (शर्मा) रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो।

पोष्टमार्टम पछि उनको शव आफन्तले बुझको र आइतबार नै अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ ।नेपाल समाचारपत्र

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments