Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

गौरीगंज,  २६  साउन  ।  गौरीगंज गाउँपालिका वार्ड नं. २ कोरोवारीका किसानहरुले कृषि ज्ञान केन्द्र बाट किसानहरुले पाउने प्रोत्साहन रकम वास्तविक किसानहरुले नपाएकोमा आक्रोस व्यक्त गरेका छन् । गौरीगंज गाउँपालिका वार्ड नं. २ को वडा कार्यालयले वडावासीहरुलाई सम्बोधन गर्ने क्रममा आयोजना गरेको नागरिक सम्बोधन कार्यक्रममा तीन वटा कृषि समुहहरुले कुनै प्रकारको सुचना र जानकारी नदिई र्किते कागज मिलाएर कृषि ज्ञान केन्द्र चन्द्रगढीबाट किसानका लागि विनियोजित रकम अनियमिता गर्न खोजेकोमा तीव्र आक्रोस व्यक्त गरेका छन् ।

साविक कोरोवारी गाविसमा रहेको ४ वटा कृषक समुह मध्ये ३ वटा माङसावा कृषक समुह, तुलाचन कृषक समुह र कन्काई विपद कृषक समुहमा अनुदानको रकम अनियमिता भएको पाइएको छ । तीन वटा कृषक समुहले कोरोबारी क्षेत्रमा रहेर चैते धानबाली लगाएका कृषकहरुलाई अनुदान दिने भनी १५ लाख १८ हजार रकम विनियोजित भएको कृषि ज्ञान केन्द्र चन्द्रगढीले जनाएको छ ।
माङसेवा कृषक समुहले ६ लाख ८४ हजार, तुलाचन कृषक समुहले ४ लाख ६७ हजार र कन्काई कृषक समुहले ३ लाख ६७ हजार रुपैयाँ र्किते कागज बनाई सही छाप गराई निकासा गरेको थियो ।

केही दिन अगाडि सो क्षेत्रका किसानहरुले उक्त कुरा थाहा पाएपछि वडा कार्यालय घेराउ गर्नुको साथै विरोध गर्दै आएका थिए । वडा कार्यालय आइतवार ३ वटा कृषक समुह र जनप्रतिनिधिहरुले किसानहरुलाई जानकारी गराउने सन्दर्भमा वडावासीहरुले र्किते कागज गरी जालसाजी गरेर रकम निकासा गर्ने समुहलाई कानुनी कार्वाही गर्न माग गर्दै नारा जुलुस गरेका थिए । चैतै धानवाली लगाएका वास्तविक किसानहरुले अनुदान रकम नपाई जग्गा नभएका, खेती नगरेका, मृत्यु भएका र एउटै परिवारका सदस्यहरुको नाम भएका किसानहरुको नामावली पेशगरी रकम निकासा गरेकोमा आक्रोस व्यक्त गरेका हुन् ।

कारोवारीका किसान श्याम न्यौपानेले २०७१ सालमा निधन भएकी उनको हजुर आमा मनमाया न्यौपानेको नाममा रहेको धनीपुर्जा पेश गर्दै र्किते सही छाप गरी आफुलाई जानकारी नगराई रकम निकासा गरेको बताए । त्यस्तै कोरोवारीका किसान फागुलाल राजवंशीले आफ्नो बुबा कप्तान राजवंशीको निधन २०४९ साल वैशाख १० गते मृत्यु भएको भएता पनि उनको नाममा रकम लिई भर्पाइ बुझिएको देख्दा आफुलाई आश्चर्य लागेको बताए । गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गल्ती र कमजोरी गर्ने जो कोहीलाई पनि माफी मिनाहा नगरी कानुनी कार्वाह गर्न लागि पर्ने बताए । किसानहरुको नाममा आएको अनुदान रकम दुरुपयोग हुन नदिने र अनियमिता गर्न खोज्ने जो सुकैलाई पनि कानुनी कठघरामा उभियाउने प्रतिवद्वता व्यक्त गरे ।

चैते धान लगाउँदा पिडित रहेका किसानहरुलाई प्रोत्साहन स्वरुप नेपाल सरकारले उपलब्ध गराउने रकम कारोवारी क्षेत्रका किसानहरुलाई उपलब्ध गराएको हो । धानलाई भण्डारण गर्न नसक्ने र उचित मुल्य नपाई मारमा परेका किसानहरुलाई विनियोजित रकम कृषक समुह मार्फत उपलब्ध गराएको कृषि ज्ञान केन्द्र चन्द्रगढीका प्रमुख शालीकराम भट्टराईले जानकारी गराए ।

नेपाल सरकारबाट किसानहरुका लागि विनियोजित भएको रकम आर्थिक वर्ष समाप्त हुने समयमा आफुहरुले जानकारी पाएकाले किसानहरुको घर आगनमा पुगेर भेट्ने समय नहुदा भुमिगत सिंचाई परियोजनामा पेश गरेका किसानहरुको धनीपुर्जाको फोटो यस कार्यक्रममा पेश गरिएको तुलाचन कृषक समुहका अध्यक्ष सुजन श्रेष्ठले जानकारी गराए । कृषक समुहहरुले रकमको अनियमितता गर्ने लक्ष्य नराखि फ्रिज हुने रकमलाई किसानहरुको हातसम्म ल्याउन उक्त कार्य गर्नु परेको जानकारी गराए । किसानहरुलाई कृषक समुहहरुले वास्तविक किसानहरुलाई नै वितरण गर्ने र कुनै प्रकारको अनियमितता नगरी कृषि समुहहरुको गोजीमा रकम नराख्ने जानकारी गराए । वडा नं. २ का वडा सदस्य तथा कन्काई विपद कृषक समुहका सचिव अरुण राजवंशीले अनुदानको रकम पर्युट गर्ने समय कम भएकोले आफु नजिकका किसानहरुको धनीपुर्जाको फोटो कपि र र्किते सही छाप गरी पेश गरेको स्वीकार गरे ।

स्थानिय किना राजवंशीले किसानहरुका लागि चैते धानवाली अनुदानमा रकम आएको तर छोटो समय भएको जानकारी गराएपछि आफुले हरप्रयास गरी दुई दिन भित्रमा ३ कृषक समुहको २५० भन्दा बढी किसानहरुको कागजात मिलाएर पठाएको वडा सदस्य अरुण राजवंशीले बताए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments