Online Bichar
शनिबार, बैशाख १९, २०८३ | Saturday, May 2, 2026

काठमाडौं,  २६  साउन  ।  लामो समयदेखि लागू औषधको कारोबारमा संलग्न हुदै आएका नेपाली सेनाका एक मेजर लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छन । प्रहरीले नेपाली सेनाका मेजर अजितप्रताप सिंह लागू औषध कारोवाही भएको पत्ता लगाएपनि उनी सेनाका अधिकृत भएको कारण प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।

उनले पटक पटक लागू औषधको कारोवार गरेको पत्ता लगाएपनि सिंह ब्यारेकमा बस्ने भएकाले प्रहरीले उनलाई पक्राउ गर्न नसकेको एक प्रहरी अधिकारीले जानकारी दिए ।
तर प्रहरीले उनलाई नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले शनिबार साँझ पक्राउ गर्न सफल भएको थियो ।

मेजर सिंहले ब्यारेकलाई नै लागू औषधको अखडा बनाएका थिए । पक्राउ पर्दा सिंहको साथबाट ब्राउन सुगरको ४ वटा पोका भेटिएको थियो।
इलाका प्रहरी कार्यालय, इटहरीका डीएसपी समिरचन्द्र खरेलकाअनुसार मेजर सिंहविरुद्ध आइतबार लागूऔषधसम्बन्धी कसूरमा जिल्ला अदालत, सुनसरीबाट म्याद थप हुनेछ । ‘म्याद थप गरेपछि मात्रै विस्तृत अनुसन्धान थाल्छौं’, उनले भने ।

अनुसन्धानका लागि सैनिक अधिकृतमाथि अनुसन्धान गर्ने निकाय सैनिक प्रहरी गणले पनि सहयोग गरिरहेको छ। नेपाल समाचारपत्र

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments