Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

सुरुङ्गा,  २५  साउन ।  इलाका प्रहरी कार्यालय दमकले सिटीस्क्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपमा एक व्यक्तिलाई फक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर घर भएका रेडियोलोजिष्ट डा. सुनिलदेव रहेका छन् । प्रहरीले उनलाई लाइफलाइन अस्पताल प्रालिका अध्यक्ष डा तिलकचन्द्र साहलाई सिटिस्क्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपपछि पक्राउ गरिएको हो ।

फक्राउ परेका देवलाई प्रहरीले ठगी मुद्दामा दुई पटक अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले बताउनुभयो । उहाँले भन्नुभयो, “रेडियोलोजिष्ट देवले दश वर्षअघि डा साहलाई सिटिस्क्यान मेसिन बिक्री गरेको र लेनदेनमा समस्या रहेछ, डा साहको उजूरीका आधारमा उनलाई हामीले नियन्त्रणमा लिएका हौं ।” पक्राउ परेका रेडियोलोजिष्ट अहिले इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।

सिटी स्क्यानको मूल्य झण्डै दुई करोड रुपैयाँ पर्ने बताइएको छ । डा. साहले देवको सहयोगमा भारतको एक अस्पतालबाट रु ५० लाखमा मेसिन खरीद गरेको बताइन्छ । रेडियोलोजिष्ट देवले खरीद गर्न सहयोग गरेर ल्याएको सिटीस्क्यान मेसिन अहिले डा. साहसँग नै रहेको बताइएको छ । तर, डा देवले अहिलेसम्म पनि आफूलाई सिटिस्क्यान मेसिन नदिएको डा. साहले आरोप लगाउनुभएको छ ।नेपाल समाचारपत्र

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments