काठमाडौ, २५ साउन । मंसिर १४ गते हुने उपनिर्वाचनमा ५ सय ५० मतदान केन्द्र हुने भएको छ ।
निर्वाचन आयोगका अनुसार रिक्त पदपूर्ति गर्नका लागि ५ सय ५० मतदान केन्द्र निर्धारण गरिएको हो । उपनिर्वाचनमा करिब ५ लाख मतदाताले मतदान गर्ने अनुमान गरिएको छ ।
उपनिर्वाचनमा मतदान गर्न साउन १६ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका नागरिकले मात्र मतदान गर्न पाउने आयोजले जनाएको छ । मतदाता नामावली ऐन २०७३ को दफा ६(ख)मा मतदाताको उमेर १८ वर्ष पुग्नुपर्ने मिति निर्वाचन आयोगले तोक्नुपर्ने व्यवस्था छ ।
अहिलेसम्म प्रतिनिधिसभा १, प्रदेश सभा ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र ३६ जिल्लाका ४१ वडाध्यक्षको पद खाली छ ।






