गौरीगञ्ज, २४ साउन । ज्येष्ठ नागरिक संघ गौरीगञ्जको वडा नं. ६ को वडा समितिले ज्येष्ठ नागरिक संघमा आबद्ध नागरिकहरुलाई तिर्थ स्थलको लागि भ्रमणमा लगेको छ । समितिले वडा भित्र रहेका ५० जना ज्येष्ठ नागरिकहरुलाई चतरा हुँदै धरानको पिण्डेश्वरीमा जल चढाउन लगेको हो । संघले ज्येष्ठ नागरिकहरुलाई चतरामा गई कोशीको जल उठाई पिण्डेश्वरीमा जल चढाउने जनाइएको छ ।
त्यसअवसरमा ज्येष्ठ नागरिकहरुले पिण्डेश्वरी आसपासमा रहेका बुढासुब्बा, दन्तकाली, पञ्चकन्या लगायतका मठमन्दिरहरुको दर्शन गर्ने समितिका उपाध्यक्ष मैयादेवि थपलियाले जानकारी गराईन् । कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. ६ का वडाध्यक्ष बद्रिनारायण यादवले ज्येष्ठ नागरिकहरुलाई भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दै बिदाई गरे । ज्येष्ठ नागरिक संघ वडा नं. ६ का अध्यक्ष राम कृष्ण यादवको सभापतित्व्मा कार्यक्रम सम्पन्न भएको थियो । त्यसअवसरमा भावना बोहराले मन्तव्य राखेकी थिइन् । सचिव राधादेवि ओस्तीले कार्यक्रम सञ्चालन गरेकि थिईन् ।






