Online Bichar
मंगलबार, बैशाख ०८, २०८३ | Tuesday, April 21, 2026

काठमाडौं,  २३  साउन  ।  स्थानीय तहमा समायोजन भएका कर्मचारी हाजिर गर्न नपाएपछि सिंहदरबार आइपुगेका छन्। उनीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिइरहेका छन्।

काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा समायोजनमा परेका करिब एक सय भन्दा कर्मचारी बिहीबारको धर्नामा सहभागी छन्।

आफूलाई खटाइएको कार्यालयमा हाजिर गर्न नपाएपछि उनीहरू मन्त्रालय आइपुगेका हुन्। गएको १७ गतेसम्म उनीहरूलाई मन्त्रालयले हाजिर गर्ने व्यवस्था मिलाएको थियो। तर आइतबारदेखि त्यो पनि बन्द भएपछि कर्मचारीहरू धर्नामा बसेका हुन्। मन्त्रालयको मूल गेटमै कर्मचारीहरू धर्ना बसेका छन्।

काठमाडौं महानगरपालिकामा खटिएका उपसचिव ओमकुमार श्रेष्ठले मन्त्रालयका सचिवले कर्मचारीहरू खटिएकै स्थानमा हाजिर भइ काम गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाए पनि त्यसो हुन नसकेको गुनासो गरे।

सचिवज्यूले जहाँ समायोजन भएको छ, त्यहाँ हाजिर गर्ने र तलब खाने व्यवस्था मिलाउने जिम्मा मेरो भयो भन्नुभएको थियोु, उनले भने, न उता हाजिर गर्न पाइन्छ, न त मन्त्रालयले नै यहाँ हाजिर गर्न दियो।ु उनका अनुसार विभिन्न स्थानीय तहका गरी १२० जना धर्ना सहभागी छन्।

सूर्यविनायक नगरपालिकाका पाँचौ तहका कर्मचारी रामबहादुर कार्कीले हाजिर गर्न नपाएपछि धर्नामा आउनु परेको बताए।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments