Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठमाडौं,  २२  साउन  ।  त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुली पक्राउ गरेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पराजुलीलाई पक्राउ गरेको हो। श्रम स्विकृति नलिई कतार दुवई तथा कतार दुवईमा ट्रान्जिट भइ विभिन्न अन्य मुलुकमा जाने व्यक्तिलाई प्रस्थान अनुमति दिएको पाइएको छ।

अभिलेखसमेत नरहने गरी डिर्पाचर स्टाप लगाई दिने जस्ता गैरकानुनी क्रियाकलाप गरी अध्यागमन ऐन कानुनको बर्खिलाप हुने गरी आर्थिक लाभ लिएको आरोपमा उनी पक्राउ परेका हुन्।

अध्यागमन अधिकृत पराजुलीलाई नियन्त्रणमा लिई अनुसन्धान प्रारम्भ गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।  अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments