Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

२२  साउन  ।  प्रदेश नम्बर १ मा जन्मिएर देशको जुनसुकै स्थानमा रहेर पनि चलचित्र क्षेत्रमा योगदान पुर्‍याउने चलचित्रकर्मीलाई सम्मान गरिने भएको छ । नेपाली चलचित्रको विकास र प्रवर्द्धनका लागि पहिलो पटक झापाको बिर्तामोडमा आगामी मंसीर १४ गते हुन लागेको प्रदेश नं.१ स्तरीय ‘फष्ट प्रोभिन्स १ सिनेमा डिकेट अवार्ड २०७६’ मा चलचित्रकर्मीलाई सम्मान गरिन लागिएको हो । अवार्डको स्थानीय आयोजक पूर्वेली युवा क्लब रहेको छ ।

क्लबले बुधबार झापाको बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा क्लबका पूर्व अध्यक्ष तथा अवार्डका संयोजक रमेश चौधरीले प्रदेश नं. १ का चलचित्र क्षेत्रमा योगदान पुर्‍याउने तीन चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्डसहित सम्मान बताए । उनका अनुसार कार्यक्रममा विभिन्न ४५ विधामा ‘पपुलर अवार्ड’ फनि दिइनेछ ।

अवार्डका अर्का संयोजक मनोज केसीले चलचिक्र क्षेत्रमा १० वर्ष निरन्तर सत्रिय व्यक्तिलाई मात्र अवार्ड कार्यत्रममा समावेश गराइने बताए । ‘प्रदेश नं. १ का जुनसकै भाषा, धर्म, संस्कृतिमा निर्माण भएका चलचित्र र कलाकारहरूलाई समावेश गराइनेछ । अवार्डका लागि ५० लाखको अनुमानित खर्च लाग्नेछ । हामी प्रदेश नं.१ का चलचिक्रकर्मीको नामावली संकलनका लागि समिति नै निर्माण गर्दैछौं ।’

कार्यत्रममा अभिनेता सुनिल थापाले बलिउडमा पनि नभएको अवार्ड नेपालमा गर्न लागेको दाबी गरे । एभरेस्ट फिल्म एकेडेमीका संस्थापकसमेतका एक थापाले प्रदेश १ मा एकेडेमीको शाखा विस्तार गर्ने सोच बनाइरहेको खुलाए ।

तपाईको प्रतिक्रिया