Online Bichar
मंगलबार, बैशाख ०८, २०८३ | Tuesday, April 21, 2026

भोजपुर,  २२  साउन  ।  भोजपुरमा पनि डेंगुको सक्रमण देखिएको छ । टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णकी एक महिलामा डेंगुको संक्रमण देखिएको हो ।

केही समय अघिबाट बिरामी परेपछि ती महिलालाई थप उपचारका लागि नोबेल अस्पताल, विराटनगर लगिएको थियो । परीक्षणका क्रममा उनमा डेंगुको संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनको अहिले नोबेलमा उपचार भइरहेको छ ।

आफ्नो गाउँपालिकामा डेंगु देखिएपछि स्थानीय र स्वास्थ्य संस्थाहरूलाई सतर्कता अपनाउन भनिएको गाउँपालिकाका प्रमुख ध्रुवराज राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments