Online Bichar
सोमबार, बैशाख ०७, २०८३ | Monday, April 20, 2026

चितवन,  २२  साउन  ।  भरतपुरस्थित होटल कंगारूमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीबारे केही अनलाइन सञ्चारमाध्यमले भ्रामक अफवाह फैलाउने खालका समाचार प्रकाशित गरिरहेको प्रति जिल्ला प्रहरी कार्यालय चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार नै एक प्रेस नोट जारी गर्दै जिप्रका चितवनका प्रहरी नायब उपरीक्षक एक नारायण कोइरालाले अनुसन्धानलाइ नै प्रभावित पार्ने समाचार वा टीका-टिप्पणी नफैलाउन अनुरोध गरेका छन् ।

अनुसन्धान सुरू भइसकेको र मृतकको लास समेत पोष्टमार्टमका लागि काठमाडौँ त्रिवि शिक्षण अस्पतालमा पठाइएको उनले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments