Online Bichar
मंगलबार, बैशाख ०१, २०८३ | Tuesday, April 14, 2026

संखुवासभा,  २१  साउन  ।  पौडी खेल्ने क्रममा डुबेर शिक्षा मन्त्रालयका अधिकृतको ज्यान गएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय योजना तथा अनुगमन शाखाका शाखा अधिकृत ऋषिकेश निरौलाको सभाखोलामा डुबेर ज्यान गएको हो ।

४५ वर्षीय निरौला पौडी खेल्ने क्रममा सभाखोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पौडी खेल्ने क्रममा डुबेका शाखा अधिकृत निरौलाको मनकामना पोलिक्निक तुम्लिङटारमा उपचारको क्रममा ज्यान गएको हो । निरौला तीन वर्षअघि खाँदवारी नगरपालिका प्रशासकीय अधिकृत भएर काम गरिसकेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments