Online Bichar
सोमबार, बैशाख ०७, २०८३ | Monday, April 20, 2026

धनगढी,  २१  साउन  ।  धनगढी बम विस्फोटमा घाइते विप्लवका कार्यकर्तालाई अस्पतालबाट डिस्चार्ज भएलगत्तै प्रहरीले पक्राउ गरेको छ ।गत साउन २ गते धनगढी उपमहानगरपालिका ३, सहीदगेटमा भएको शक्तिशाली बम विस्फोटमा परी घाइते भएका लक्ष्मण सरेलालाई प्रहरीले पक्राउ गरेको हो।

अस्पतालबाट डिस्चार्ज भएपछि घर फर्कन लागेका सरेलालाई विस्फोटमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको छ । विप्लव कार्यकर्ता आफैंले बोकेको शक्तिशाली बम विस्फोट हँदा उक्त घटना घटेको थियो ।

घटनामा परी राम सिंहको मृत्यु भएको थियो भने सरेलासहित ४ जना घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments