Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

काभ्रे,  २०  साउन  ।  नेपाल कम्युनिष्ट पाटी विप्लवका रामेछाप जिल्ला इन्चार्जसहित ३ जना पक्राउ परेका छन्। एनसेल टावरमा आगो लगाएको र बम पड्काएको आरोपमा रामेछाप जिल्ला इन्चार्ज यादव ढुंगेलसहित तीनजनालाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको हो।

काभ्रेको धुलिखेल–५ स्थायी घर भएका ढुंगेल विप्लवका रामेछाप जिल्ला इन्चार्ज हुन्। ढुंगेललाई काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोप छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले ढुंगेललाई टावर आगजनी कसुरमा आइतबार बेलुका पक्राउ गरेको बताए। ‘आगजनी र विष्फोटमा सहभागिता देखिएकाले नियन्त्रणमा लिएका छौं’, एसपी सापकोटाले भने।

ईलाका प्रहरी कार्यालय बनेपाले शुक्रबार राति विप्लवका २ काभ्रे जिल्ला सदस्यलाई पनि पक्राउ गरेको छ। पनौती नगरपालिका-४ बाट विप्लवका सक्रिय जिल्ला सदस्य अनिल रायमाझी र सुन्दर रायमाझीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए।

उनीहरुलाई २०७६ बैसाख १ गते विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको क्रममा पनौती–७ खोपासीमा विष्फोटक पदार्थ राखेर आंतक सृजना गरेको आरोपमा पक्राउ गरेको उनको भनाइ छ। पक्राउ परेका दुबैलाई जिल्ला अदालत काभ्रेबाट ७ दिनको म्याद थप गरेर अनुशन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments