Online Bichar
शनिबार, बैशाख १९, २०८३ | Saturday, May 2, 2026

काठमाडौं,  २०  साउन  ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४ केजी अवैध सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । २३ वर्षीय चिनियाँ नागरिक ली निङ ज पक्राउ परेका हुन् ।

आइतबार राति हङकङबाट १०ः५० बजे काठमाडौं ओर्लिएका ली निङ जको साथमा रहेको झोलाबाट एक केजीका चारवटा सुनको बिस्कुट लुकाएर राखिएको अवस्थामा विमानस्थल भन्सारले पक्राउ गरेको हो ।

चिनियाँ नागरिक लीलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा पठाइएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments