Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

काठ्माडौं,  १९  साउन  ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको मिति सार्वजनिक गरेको छ।परीक्षा भदौ २२ र २३ गते बिहान ११ बजेदेखि २ बजेसम्म हुने बोर्डले जनाएको छ।

दुइटा विषयमा मात्रै ग्रेड वृद्धिका लागि विद्यार्थीले परीक्षा दिन पाउने छन्।परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूले दिन सक्नेछन्।

त्यस्तै, दुई विषयमा परीक्षा दिनेहरूका लागि भने पहिलो दिन सानो कोड नम्बर रहेको विषयको परीक्षा हुनेछ भने दोस्रो दिन ठूलो कोड नम्बर रहेको विषयको परीक्षा हुनेछ।

ग्रेड वृद्धिका परीक्षा दिने परीक्षार्थीहरूले विद्यालयका प्रधानाध्यापकबाट प्रमाणित गराई विद्यालयमार्फत भदौ ५ गतेसम्म फारम बुझाउनु पर्नेछ।

त्यस्तै, विद्यार्थीहरूले प्रति विषय ६ सयको दरले भदौ २ गतेभित्रसम्म बुझाइसकेको भौचर हुनुपर्नेछ। फारमसँगै कक्षा १२ को ग्रेड सिटको प्रतिलिपि वेबसाइटबाट डाउनलोड गरी बुझाउनु पर्ने बोर्डले जनाएको छ।

ग्रेड वृद्धिका लागि परीक्षार्थीहरूले अन्य सबै विषयमा सि प्लस वा सोभन्दा माथि ग्रेड आएर बाँकी दुई विषयमा मात्र सि वा डि प्लस आएमा परीक्षा दिन पाउने छन्।

साथै, कुनै एक वा दुई विषयमा अनुपस्थित भएकाहरूले पनि सोही दिन परीक्षा हुनेछ।

परीक्षाफल रद्द भएका विद्यार्थीहरूले भने ग्रेड वृद्धि परीक्षामा समेल हुन पाउने छैनन्। शैक्षिक योग्यता प्रमाण पत्र लिइसकेकाहरूले सो परीक्षामा सामेल हुन पाउने छैनन्।

परीक्षार्थीले तोकिएको केन्द्रबाट मात्रै परीक्षा दिनुपर्ने हुन्छ। तर बोर्डले हाललाई परीक्षाको केन्द्र भने तोकेको छैन।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments